लैङ्गिक समानताको आधारमा समाजलाई ....

कारितास नेपालको रणनैतिक उद्देश्य नं ४ अनुसार — लैङ्गिक समानताको आधारमा समाजलाई अझ बढी समतामूलक र न्यायपूर्ण बनाउनको लागि समुदायलाई शसक्तिकरण गर्नु हो ।

नेपालमा पितृसत्तात्मक समाजका कारण महिला र बालिकालाई भेदभाव गरिनु कटु सत्य कुरा हो । बालिकाहरु र महिलाहरुले सामाजिक, आर्थिक, राजनैतिक अधिकारमा पुरुष सरह उपभोग गर्न पाएका छैनन् । कारितास नेपालले यो असमानतालाई मानव अधिकारको हनन् हो भन्ने अनुभूति गरेको छ ।
यहि असमान सामाजिक र परिस्थितिका कारण ग्रामिण भेगमा लैङ्गिक हिंसा र बेचविखन जस्ता अमानवीय प्रभावहरू विशेषगरी कारितास नेपालले पत्ता लगाएको छ । यौन व्यापारका लागि महिला र बालिकाहरुलाई भारतमा बेचविखन गर्नु दशकौं देखि चलिआएको छ । विगतको दशकमा द्वन्दको बेला धेरै मानिसहरु शहरमा बसाइसराई गर्दा आन्तरिक देहव्यापारका कार्यहरू धेरै बढेको र मुलक बाहिर पनि जोखिमपूर्ण आप्रवासनको स्थितिले बेचविखन हुने कुराहरुले जिज्ञासा बढाएको छ । २,००,००० भन्दा बढी महिलाहरू देह व्यापारका लागि राखिएका र अन्य हजारौंलाई विदेशमा श्रमको शोषण गरिएको अनुमान छ ।

यस विषयमा कारितास नेपालको लैङ्गिक विकास शाखाले विगतको दशकदेखि नै बेचविखन रोकथाम र लैंगिक समानताको वृद्धि गर्नका लागि कार्य गरिरहेको छ  । सन् २००९ मा कारितास नेपालले यस क्षेत्रमा निम्न परियोजनाहरूको कार्यान्वयन ग¥यो ।