आन्तरिक रूपमा विस्थापित भएका मानिसहरुलाई राहत सहयोग

बिना माया बि.क.
विगतमा पनि कारितास नेपालले विस्थापितहरूलाई स—सम्मान घर फर्कन सहयोग गरको थियो । सन् २००९ मा कारितास नेपालले दाङबाट १९२ जना, ताप्लेजुङ्गबाट २०५ जना, नेपालगञ्जबाट १० जना विस्थापितलाई घर फर्कन सहयोग गर्यो । फर्किएका विस्थापितहरूलाई उनीहरुको पुनः जिविकोपार्जन शुरु गर्न कारितास नेपालले ३ महिनाका लागि खाद्यान्न ( प्रति परिवार ४० के.जी चामल, ५ के.जी दाल, २ लिटर तेल) सहयोग प्रदान ग¥यो ।

द्वन्द प्रभावित वा विस्थापित ४३३ बालबालिकाहरुलाई शैक्षिक सामग्री, कपडा, झोला लगायतका सहयोग, १७ जनालाई औषधोपचार सहयोग र ५ जनालाई अस्पतालमा भर्ना हुन सिफरिस ग¥यो । यी मध्ये द्वन्दकालमा पिताको देहवसान भएकी सानी विनामाया विश्वकर्माको विद्यालय जाँदाको हाँसोले कारितास नेपालका कर्मचारीहरूलाई धेरै खुसी बनायो । अहिले उनी हजूरआमाको आश्रयमा छिन् ।