टाउकोमा पानी खन्याउनु भयो भने खुट्टासम्म पुग्छ

न्यूनीकरणका लागि सामुदायिक कार्यको उदाहरण ‘‘यदि तपाईले टाउकोमा पानी खन्याउनु भयो भने खुट्टासम्म पुग्छ’’ ।

महोत्तरीमा भएको हाम्रो परियोजनाका सहभागी नेत्र भट्टराईका अनुसार ‘यदि हामीले टाउकोमा पानी खन्यायौ भने यो हाम्रो खुट्टासम्म पुग्छ’ । र यो प्रक्रियालाई हामीले फाइदाका लागि प्रयोग गर्नुपर्छ । यसले टाउको र खुट्टा दुवैमा फाइदा गर्छ । चूरे र शिवालिक क्षेत्रको माथिल्लो उपजलाधार र जलाधार क्षेत्र जहाँ यो परियोजना संचालित छ , त्यहाँ यो भनाइको शाब्दिक अर्थ लाग्छ । माथिको जमिनमा वन फँडानी भयो भने तराईका स्थानहरुमा पनि त्यसले प्रत्यक्ष असर पार्छ ।
माथिल्लो क्षेत्रमा संरक्षणका काम गरियो भने त्यसले तल्लो क्षेत्रमा हुने प्रकोपका घटनामा पनि कमी आउँदछ । यही कुरालाई मनन गरेर हाम्रो परियोजनाको सहयोगमा रातस जलाधारको माथिल्लो क्षेत्रमा न्यूनिकरण सम्बन्धि अभ्यासहरु गरिइएका छन् । बर्दिबास, गौरीबास, माईस्थान तथा खयरमारा गा.वि.समा गरिएका विभिन्न संरक्षण र न्युनिकरण सम्बन्धि क्रियाकलापहरुका कारण त्यहाँका समुदाय साथै त्यसको तल्लो जलाधार क्षेत्रका समुदाय बाढी पहिरोबाट सुरक्षित भएको महसुस गर्छन् । संरक्षण पश्चात यी क्षेत्रहरुमा खानेपानीका मुहानहरु सुरक्षित भएका छन् साथै घाँसको पहुँचमा सहजता भएको छ । यस कार्यले केही हदसम्म तल्लो जलाधार क्षेत्रमा बसोवस गर्ने तराईबासीहरूलाई पनि सुरक्षा गरेको छ ।