कारितास नेपालको रणनैतिक उद्देश्य नं ४ अनुसार — लैङ्गिक समानताको आधारमा समाजलाई अझ बढी समतामूलक र न्यायपूर्ण बनाउनको लागि समुदायलाई शसक्तिकरण गर्नु हो ।
नेपालमा पितृसत्तात्मक समाजका कारण महिला र बालिकालाई भेदभाव गरिनु कटु सत्य कुरा हो । बालिकाहरु र महिलाहरुले सामाजिक, आर्थिक, राजनैतिक अधिकारमा पुरुष सरह उपभोग गर्न पाएका छैनन् । कारितास नेपालले यो असमानतालाई मानव अधिकारको हनन् हो भन्ने अनुभूति गरेको छ ।
कारितास नेपाल
अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्नु बेस
सर्वप्रथम परिवर्तन आफै भित्रबाट ल्याउनु पर्छ
"माइती परियार भन्छिन् कि सर्वप्रथम परिवर्तन आफै भित्रबाट ल्याउनु पर्छ । शुरुमा उनलाई अप्ठयारो भएपनि पछि उनले आफ्नो समूहको नेतृत्व राम्ररी गरिन् ।"
कारितास नेपालले स्थानीय साथी संस्था (चेस नेपाल) सँगको साझेदारीमा सामाजिक आर्थिक विकास परियोना कार्यान्वयन ग¥यो । त्यस परियोजनाको सहभागीहरू मध्ये माइती परियार नामक एकजना महिला थिइन् । उनी गरिब परिवारमा जन्मेकी थिइन् ।
उनी जन्मनु भन्दा अगाडि नै उनका बाबुले आमालाई छोडेका रहेछन् । उनकी आमाले उनलाई माइती घरमा नै जन्माइन् । पछि उनकी आमाले पनि अर्कै युवकसँग विवाह गरिन् र माइती परियारलाई मामाको घरमै छोडिन् । आफ्नै आमा–बुबाद्वारा छाडिएकी माइती टुहुरी जस्तै थिइन् र उनको वाल्यकाल औपचारिक शिक्षा विना नै वित्यो । गाउँको सामान्य चलन अनुसार सत्र वर्षको उमेरमा विवाह भयो उनको र छिटै एक छोरा र एक छोरीकी आमा बनिन् माइती । दशकौंसम्म उनको जीवन घरायसी काममा नै वित्यो । उनको श्रीमान् दैनिक ज्यालादारीमा काम गर्दथे र जीवन निर्वाह यसरी नै हुँदै थियो उनको । उनको छोरो ठूलो भयो र बैदेशिक रोजगारीका लागि इराक गयो ।

आन्तरिक रूपमा विस्थापित भएका मानिसहरुलाई राहत सहयोग
![]() |
बिना माया बि.क. |
टाउकोमा पानी खन्याउनु भयो भने खुट्टासम्म पुग्छ
न्यूनीकरणका लागि सामुदायिक कार्यको उदाहरण ‘‘यदि तपाईले टाउकोमा पानी खन्याउनु भयो भने खुट्टासम्म पुग्छ’’ ।
महोत्तरीमा भएको हाम्रो परियोजनाका सहभागी नेत्र भट्टराईका अनुसार ‘यदि हामीले टाउकोमा पानी खन्यायौ भने यो हाम्रो खुट्टासम्म पुग्छ’ । र यो प्रक्रियालाई हामीले फाइदाका लागि प्रयोग गर्नुपर्छ । यसले टाउको र खुट्टा दुवैमा फाइदा गर्छ । चूरे र शिवालिक क्षेत्रको माथिल्लो उपजलाधार र जलाधार क्षेत्र जहाँ यो परियोजना संचालित छ , त्यहाँ यो भनाइको शाब्दिक अर्थ लाग्छ । माथिको जमिनमा वन फँडानी भयो भने तराईका स्थानहरुमा पनि त्यसले प्रत्यक्ष असर पार्छ ।
Subscribe to:
Posts (Atom)